‘खटाएको स्थानमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ’

नेपालगन्ज, १३ चैत (रासस) : नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक दलहरु सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताउनुभएको छ ।
सो दलले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र एमाले सत्तामुखी पार्टी भएकाले ती दलबाट मुलुकको समृद्धि सम्भव नभएको धारणा राख्नुभयो ।उहाँले दलगत ट्रेड युनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनलाई सुधार गर्न नसकिने पनि बताउनुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो, “खटाएको स्थानमा नजाने कर्मचारीलाई ऐन संशोधन गरेर कारबाही गर्ने आँट सरकारले गर्न सक्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host