धार्मिक क्रियाकलाप प्रभावित
ललितपुर, १४ चैत (रासस): पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण हिरण्यवर्ण महाविहारका विभिन्न धार्मिक क्रियाकलाप प्रभावित भएको छ ।
विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण यहाँको माथिल्लो तला बन्द भएको छ । तेस्रो तलामा नै विभिन्न किसिमका गतिविधि सञ्चालन हुँदै आएकोमा अब यहाँ कुनै पनि कार्यक्रम गर्न नसकिएको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकासरत्न धाख्वले बताउनुभयो ।
लामो समयदेखि यहाँ प्रवचन, बैठकलगायतका गतिविधि हुनेगरेको थियो । अहिले धार्मिक कार्यक्रम कम भएको र भएका कार्यक्रम पनि खुल्ला ठाउँमा गर्न बाध्य भएको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “यहाँका सबै स्थानीयवासी कहिले पुनःनिर्माण सकिएला भनेर चिन्तित छन् ।”
महाविहारको झिँगटिका छाना विग्रिएको छ । काठ बिग्रिएको र भ¥याङ पनि छानाबाट पानी आउँदा विग्रिएको छ ।
झण्डै पाँच हजार सदस्य भएको यो महाविहारलाई उपत्यकाको तेस्रो पुरानो महाविहार मानिन्छ । महाविहारमा धेरै पुराना र महत्वपूर्ण वस्तु भएकाले तीनको प्रदर्शनी गर्ने समितिले योजना बनाएको थियो, उहाँ भन्नुहुन्छ, “हामी नयाँ कुरा शुरु गर्ने मात्र होइन, भएकालाई समेत निरन्तरता दिन सकेका छैनौं ।”
यसको पुनःनिर्माणका लागि सरकारले भारतीय दूतावाससँग सम्झौता गरेको भएपनि सो सम्बन्धी काम अहिलेसम्म काम शुरु हुन सकेकोे छैन ।