म्यानमार: सू चीका विश्वासपात्र म्यिन नयाँ राष्ट्रपति

विन म्यिनतस्वीर कपीराइटREUTERS
म्यानमारको संसद्ले नेत्री आङ सान सू चीका विश्वासपात्र विन म्यिनलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको छ।
गत हप्ता राष्ट्रपति टिन च्वले राजीनामा दिएपछि उनको उत्तराधिकारी छान्न बुधवार निर्वाचन भएको हो।
म्यिन सन् २०१२ देखि म्यानमारको तल्लो सदनको सभामुख थिए।
व्यवहारमा नेत्री सू चीले नै सबै शक्तिको अभ्यास गर्ने हुँदा राष्ट्रपतिका रूपमा म्यिनको भूमिका भने आलङ्कारिक मात्रै हुनेछ।
म्यानमार: राष्ट्रपतिद्वारा राजीनामा
म्यानमारः रोहिंज्या नरसंहारमा ‘फेसबुकको भूमिका’
च्वले स्वास्थको कारण राजीनामा दिएपछि संसद्ले सात दिनभित्र उनको उत्तराधिकारीको निर्वाचन गर्नुपर्ने थियो।
निर्वाचनमा तीन जना उपराष्ट्रपतिहरू प्रतिस्पर्धामा थिए।
राष्ट्रपति पद पाउने सङ्केतस्वरूप ६६ वर्षीय म्यिनलाई गत हप्ता नै उपराष्ट्रपति बनाइएको थियो।
उनी लामो समयदेखि सू चीको न्याश्नल लीग फर डेमोक्रेसीसँग आबद्ध छन्।
सू चीलाई सैनिक शासकहरूले लामो समय थुनामा राखेका थिए।
उनलाई नै लक्षित गरेर म्यानमारको संविधानमा विदेशीसँगको सम्बन्धबाट सन्तान भएका नागरिकले राष्ट्रपति बन्न नपाउने प्रावधान राखिएको विश्वास गरिन्छ।
उनका दिवङ्गत पति ब्रिटिश थिए र उनीहरूका दुई सन्तान छन्।
”सू चीकै स्वीकृतिमा रोहिंज्यामाथि दमन’
रोहिंज्या संकट: ‘नरसंहार अस्वीकार गर्न सकिन्न’

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host