कसको पढाई कत्ति ? नेपालका यी २३ सफल तथा लोकप्रिय नेताहरुको हेर्नुहोस् शैक्षिक योग्यता

कसको पढाई कत्ति ? नेपालका यी २३ सफल तथा लोकप्रिय नेताहरुको हेर्नुहोस् शैक्षिक योग्यता कसको पढाई कत्ति ?          नेपालका यी २३ सफल तथा लोकप्रिय नेताहरुको हेर्नुहोस् शैक्षिक योग्यता
थप समाचार –

विराटनगर, १५ चैत (रासस): मोरङको जहदा गाउँपालिकाका बासिन्दाले जनप्रतिनिधिले बाढी पीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै बुधबार यहाँ विरोध जनाएका छन् ।बाढी पीडितले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी वडा नं १ का वडाअध्यक्ष प्रदीपचन्द्र यादवले सरकारले बाढी पीडितलाई दिएको रकम आफनो नातापर्ने भारत फारबिसगञ्जमा बस्दै आएका समेतको नाम लेखेको आरोप स्थानियवासी सानदेव सरवरियाले लगाउनुभयो ।
जहदा गाउँपालिकाका वडाअध्यक्ष यादवले वास्तविक बाढी पीडितहरुलाई राहत रकम नदिएर कमिशनका लागि आफूखुुशी रकम वितरण गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरीसमेत गरेका छन् ।
गत साउनको अन्तिम साता आएको बाढीबाट क्षति भएकाको राहतका लागि नेपाल सरकारले राहत वितरण कार्यक्रम ल्याएको हो ।

राहत वितरण कार्यमा जनप्रतिनिधिले नै गलत कार्य गर्न थालेपछि कतिपय स्थानमा राहत वितरण अन्यौलमा परेको छ ।
वास्तविक बाढी पीडितलाई राहत दिनेभन्दा राजनीतिक आस्थाका आधारमा राहत वितरणको तयारी भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।
स्थानीय सुुरेन राजवंशीले वडाअध्यक्षले रु १५ हजार राहत दिनका लागि रु १० हजारसम्म कमिशन लिने गरेको गुुनासो गर्नुुभयो ।
सोही ठाउँका कलानन्द ऋषिदेवले बाढीले सबै घरबार बगाउँदासमेत अहिलेसम्म कुनै राहत नपाएको गुनासो व्यक्त गर्नुभयो ।
एक नम्बर वडामा लिएको तथ्यांक अनुुसार बाढीबाट ३६५ घर पूर्णक्षति र ५०२ घर आंशिक क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host