व्यावसायिक कृषि प्रणालीमा जानुपर्छ : मन्त्री साह

लहान, १६ चैत (रासस): प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले निर्वाहमुखी कृषि प्रणालीबाट व्यावसायिक कृषि प्रणालीमा जानुपर्ने बताउनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय, सिरहामा विहिबार आयोजित कृषक समूहलाई सञ्चार र कृषि सामग्री वितरण कार्यक्रममा उहाँले कृषि उत्पादन बढाउन प्रदेश सरकार कृषकलाई अनुदान दिन तयार रहेको बताउनुभयो । कृषि उत्पादनमा वृद्धि गर्दै अन्य देशबाट हुने आयातमा कमी ल्याउनु जरुरी रहेको उहाँको भनाइ थियो ।

जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि व्यवस्थापन सूचना प्रणालीअन्तर्गत कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको आयोजना व्यवस्थापन इकाइद्वारा आयोजित सो कार्यक्रममा मन्त्री साहले सिरहाका ६८ कृषक समूहलाई मोबाइल सेट र नेपाल दूरसंचार कम्पनीको एक थान सीम वितरण गर्नुभयो ।

जिल्लामा क्रियाशील ३३ कृषक समूह र २५ पशुपालन कृषक समूहलाई उक्त सामग्री वितरण गरिएको हो ।

मोबाइलबाटै ‘कृषि एप्स’मार्फत घरमै बसेर कृषिसम्बन्धी जानकारी, मौसम, तरकारीबाली, फलपूmल, विभिन्न रोग, उपचारबारे जानकारी पाउनुको साथै बाली लगाउँदा अपनाउनु पर्ने सावधानी, कृषि बिमा, पशुपंक्षी, ‘कृषि पात्रो’लगायतको विषयमा थाहा पाउन सघाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको जिल्ला पशु सेवा कार्यालय सिरहाका डा काशीनाथ यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host