भ्रष्टाचारीलाई एकएक गरेर जेल : प्रचण्ड

नवलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई एक एक गरेर जेल हाल्ने बताएका छन् ।
बिहीबार नवलपरासीको बर्दघाटमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘ नोकरीतन्त्रमा, सुरक्षा निकायमा वा अन्य स्थानमा बसेर भ्रष्टाचार गर्नेहरुलाई अब जेल हाल्ने बेला आएको छ ।’
उनले देशमा राजनीतिक परिवर्तन आइसकेको भए पनि जनताको जीवनमा परिवर्तन आउन अझै बाँकी रहेको बताए । प्रचण्डले जनताको जीवनमा परिवर्तन ल्याउन देशमा सुशासन आउनुपर्ने बताउँदै सरकारी निकाय, सुरक्षा क्षेत्र र न्यायालयमा रहेको भ्रष्टाचारलाई वामपन्थी सरकारले रोकेर जाने बताए ।
सहिद तथा बेपत्ता परिवार जिल्ला कमिटीको अध्यक्ष एवम् नेकपा माओवादी केन्द्र बर्दघाट नगर कमिटी इन्चार्ज ध्रुव खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भित्रका जनयुद्धका ३७ सहिद परिवार, एक जना बेपत्ता परिवारलाई र नगर भित्रका २५ जना ज्येष्ठ कम्युनिस्टहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार तथा योजना मन्त्री वैजनाथ चौधरी, कानुनमन्त्री कुलप्रसाद केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वाम गठबन्धन भित्रका भातृसंगठन, नेता कार्यकर्ता, लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालमा जारी संविधान खाली समाजवाद उन्मुख राज्यका लागि मात्र नभएर सामाजिक न्याय, मौलिक अधिकारसहितको साच्चिकै समाजवाद उन्मुख २१ औ शताब्दीको उत्कृष्ट संविधान निर्माण भएको बताउदै कम्युनिस्टहरुको सरकार बनेको र सो सरकारले संविधानलाई पूर्ण कार्यान्वयनमा ल्याउने बताए ।
त्यस्तै बिहीबार नै पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डले रामग्राम स्तुपको अवलोकन गरेका छन् । नवलपरासी आएका पूर्वप्रधानमन्त्री प्रचण्डले रामग्राम–७ उजैनीमा अवस्थित
भगवान् गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपको अवलोकन गरेका हुन् ।
प्रचण्ड पाँच नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसी, भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीसहित स्तुपमा पुगेका थिए । बुद्धको सिंगो अस्तुधातु रहेको सो स्तुपको अपेक्षा अनुरुप विकास नभइरहेको अवस्थामा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अवलोकन गरी स्तुपको मह¤वबारे जानकारी पनि लिएका थिए ।
प्रचण्डले रामग्राम स्तुपको अवलोकनपछि यस क्षेत्रलाई गे्रटर लुम्बिनीअन्तर्गत विकास गरिने बताए । सोही अवसरमा रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु
उपाध्यायले रामग्रामको विकासमा लुुम्बिनी विकास कोषले बेवास्ता गरेको
भन्दै रामग्रामको विकासका लागि छुट्टै विकास कोष स्थापनाका लागि ध्यानाकर्षणपत्र पनि प्रचण्डलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host