भ्रष्टाचारीलाई एकएक गरेर जेल : प्रचण्ड

भरतपुर । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगत तीन महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका रोल्पाका सन्तोष बुढामगरलाई बुधबार सहयोग प्राप्त भएको छ ।
आर्थिक अवस्था दयनीय भएपछि रोल्पास्थित नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष मानसिंह विश्वकर्मा, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दीपेश पुनमगर र उपराष्ट्रपति नन्दबहादुर पुनमगरका प्रेस संयोजक मनोज घर्तीमगरलगायतको टोलीले चलाएको अभियानबाट संकलित रकम अस्पतालमै हस्तान्तरण गरिएको हो ।
अस्पतालका उप–निर्देशक निर्मल लामिछाने र उपचारमा संलग्न डा गुरूशरण शाहको उपस्थितिमा दश लाख रूपैयाँको चेक र नगद ६० हजार बिरामीलाई नै हस्तान्तरण गरिएको हो । कार्यक्रममा रोल्पा जिल्ला माडी गाउँपालिका वडा नं ५ का अध्यक्ष भरतबहादुर बुढामगरको पनि उपस्थिति रहेको थियो ।
घरमा आर्थिक स्थिति दयनीय भएकोले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आएपछि सन्तोष बचाऊ अभियान नै चलाएका थिए । अभियान टोलीले सन्तोषको उपचारको लागि १८ लाख १३ हजार ७८४ रूपैयाँ संकलन गरेको नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विश्वकर्माले जानकारी दिए ।
संकलित रकममध्ये तीन लाख ९१ हजार ५३४ रूपैयाँ रकम यसअघि नै हस्तान्तरण गरिसकेको छ । श्रीमतीको मिर्गौलामा समस्या भएपछि उपचारमा लागेको ऋण तिर्न विदेश गएको तीन महिना नपुग्दै बिरामी भएर उनी स्वदेश फर्केका थिए । श्रीमतीको उपचारमा सबै सम्पति सकिएकोले आफैँ बिरामी हुँदा उपचार नपाउने संकेत देखिएपछि नजिकको साथीहरूमाझ सन्तोष बचाऊ अभियान नै चलाएर रकम संकलन गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दीपेश पुनले बताए ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई जटिल खालको रक्त क्यान्सर भएको छ । तीन महिनादेखि भरतपुरमै उपचाररत सन्तोषको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न डा गुरूशरण शाहले बताए । ‘उपचारमा विभिन्न व्यक्तिको सहयोगले गर्दा सहज भएको छ’ उनले भने ।
अहिले सन्तोषलाई पहिलो इन्डक्सन केमोथेरापी चढाएर दोस्रो इन्डक्सन केमोथेरापी चढाउने काम सुरू भएको छ । यो रोगको उपचारमा सरकारको सहयोग अत्यन्तै न्यून हुँदा सामान्य परिवारको पहुँचमा पुग्न नसकेको उनले बताए ।
‘क्यान्सर रोगको उपचार धेरै महँगो छ’ उनले भने, ‘त्यसैले कतिपय बिरामी रोग लागे पनि अस्पतालसम्म आउन सकेका छैनन् । त्यसैले नेपाल सरकारले सबैको पहुँचसम्म पु¥याउनको लागि यो रोगको उपचारलाई पूर्ण निःशुल्क गराउन सक्नुपर्छ ।’ क्यान्सरबाट बाँचेका धेरै बिरामी सहयोगीहरूकै कारण बाँच्न सफल भएको उनको दाबी छ । अस्पतालका उपनिर्देशक निर्मल लामिछानेले अस्पतालले गरेको वार्षिक आम्दानीको १० प्रतिशत रकम विपन्न नागरिकको उपचारको लागि खर्च गर्दै आए पनि पर्याप्त नभएकोले सबै नागरिकको पहुँचसम्म उपचार सेवा पुग्न नसकेको बताए । रोग पत्ता लगाउनको लागि सीधा क्यान्सर अस्पताल आउने परिपाटी बन्न नसकेकोले पनि धेरै बिरामीले दुःख पाएको उनको भनाइ छ ।
वर्षमा २५ देखि ३० जना यस्ता प्रकृतिका बिरामीले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट उपचार सेवा लिइरहेको उनले बताए । उनका अनुसार अहिले पनि सन्तोष बुढामगरसहित चारजना बिरामी अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host