लैङ्गिक हिँसा–तालीम प्रारम्भ

इटहरी, १६ चैत (रासस) : प्लान नेपालको सहयोगमा सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालय र साझा सवालका लागि साँझा मञ्चले आयोजना गरेको लैङ्गिक हिंसा स्वास्थ्यकर्मी सम्बन्धी चार दिने तालीम आजदेखि यहाँ प्रारम्भ भएको छ ।
लैङ्गिक हिंसामा परेका व्यक्तिकोे पहिचान, व्यवस्थापन र सम्बन्धित निकायसँग समन्वय स्थापित गराउन के–कस्ता दक्षता एवं भूमिका निर्वाह गर्नुपर्छ, भन्ने विषयमा सचेतना एवं दक्षजनशक्ति तयार गर्ने उद्देश्यले उक्त तालीम आयोजना गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयसँग सरोकार राख्ने स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य जनशक्तिलाई लक्षित गरी आयोजित तालीममा १३ जनाको सहभागिता छ ।तालीममा सहभागी भएकालाई राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका डा ईश्वर उपाध्याय, डा विशाल सुवेदी डा सफल राय, डा तुसम झा, डा रुमी यादवलगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक हेमन्त पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host