प्रेमी आयुष्मानसँग लगनगाँठो कसेकी प्रियंकालाई नायिका केकीले दिइन् शुभकामना, केकीको स्टटासको चर्चा


काठमाडौँ, फागुन १८ । यतिबेला इस्टाग्राम, फेसबुक जताततै अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीका तस्विर समाचारहरु भरीएका छन् । फागुन १६ गते प्रेमी आयुष्मानसँग लगनगाँठो कसेकी सुन्दरी प्रियंकाले बिहिबार जिल्ला अदालतमा गएर कानुनी विवाह गरेका थिए भने परम्परा अनुसार शुक्रबार बिहे गरेका थिए। उनीहरूले २ वर्षदेखिको गहिरो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि उनीहरु अहिले सबैको नजरमा परेका छन् । आफन्त र साथीभाईहरुले एकपछि अर्को गर्दै शुभकामना दिने क्रम जारी रहेका बेला अर्की लोकप्रिय नायिका केकी अधिकारीले पनि प्रियंकालाई निकै मनछुने विवाहको शुभकामान दिएकी छिन्। उनले शनिबार राती प्रियंकासंगको केहि तस्विर शेयर स्टाटस लेखेकी छिन् । केकीले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

“प्रिय प्रियंका
तिम्रो खुशीको दिनमा तिम्रो लागि केही शब्द कोरेर शुभकामना दिँउ कि भन्ने सोचेँ। तिम्रो नाम अनि काममा यति हराइएछ कि तिम्रो नामको सिधा अर्थ के होला भनेर कहिले पनि सोचिनछु अनि सोधिनछु जबकी म हरेक ब्यक्तिको नामको अर्थ खोजी हाल्ने खालकी छु। तिमी त कामले नाम बनाएकी मान्छे, तिम्रो काम अनि नामको प्रशंसा गरेर म तिमीलाई तिमी त्यति मात्र हौ भन्न सक्दिन। मैले तिमीलाई नजिकबाट चिन्ने मौका पाएकी छु र त थाहा पाएकी छु कि तिमी त्यो भन्दा धेरै होऔ।

शब्दकोषले तिम्रो नाम संस्कृतबाट लिइएको `प्रियंकारा´ जसको शाब्दिक अर्थ मिलनसार, रमाइलो , सबैलाई आफ्नो बनाउन सक्ने, खुशी बनाउन सक्ने, मायालु स्वभाव भएको जुन तिमी साच्चै छौ भनेपनि तिमी त्यो भन्दा धेरै होऔ।

तिमीलाई सायद हेक्का नहोला तिमीले के गरेकी छौ। तिमीले सबै नारीलाई आँट दिएकी छौ, निडर हुन , आफ्नो ढंगले जीवन जिउन, आजको लागि बाँच्न, खुलेर हाँस्न, अनि नअघाउने गरी माया गर्न सिकाकी छौं। तर तिमी त्यो भन्दा पनि धेरै होऔ।

तिमी प्रियंका बन्न चाहने अनि बन्न नचाहाने हरेक महिलाको लागि एक प्रेरणा अनि उदाहरण बनिसकेकि छौं । तिम्रो जिन्दगी अझै अर्थपूर्ण हुँदै जाओस्। तिमीलाई मेरो सधै तिमी जस्तै उज्यालो, उर्जाशील शुभकामना। तिमीले खुशी होइन खुशीले तिमीलाई सधैं पाइराखोस्।

-उहीँ तिम्री भुन्टी केकु”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com