हलिउड सुपरस्टार ज्याकी चेनलाई कोरोनाभाइरस संक्रमण भएको हल्ला फैलिएपछि…


काठमाडौं। कोरोनाभाइरसको प्रकोप जारी छ । चीनमा मात्र यसबाट ज्या’ न गुमाउनेहरुको संख्या ३ हजार नजिक पुग्न थालेको छ । झण्डै ८० हजार संक्रमित भएको पुष्टि भएको छ । यही बीचमा हलिउड सुपरस्टार ज्याकी चेनलाई पनि कोरोनाभाइरस सं क्रमण भएको हल्ला चलेको छ । हल्ला फैलिएपछि फ्यानहरुले उनको विषयमा चिन्ता व्यक्त गर्दै सामाजिक संजालमा लेख्न थालेपछि भने स्वयं ज्याकीले यस विषयमा बोल्नु परेको छ ।

ज्याकीले सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गर्दै आफू सुरक्षित भएको र डराउनुपर्ने आवश्यकता नरहेको जानकारी दिएका छन् । ज्याकीले लेखेका छन् ‘चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद । म सुरक्षित र स्वस्थ छु । आशा गर्छु तपाइँहरु पनि स्वस्थ हुनुहुन्छ ।’ ज्याकीका विश्वभर ठूलो संख्यामा फ्यान छन् । ती प्रशंशक आफ्नो मन पर्ने सुपरस्टारको स्वास्थ्यका विषयमा चिन्तित थिए ।

यो पनि ,

मुलुकलाई सही दिशा दिन प्रचण्डको भूमिका खोज्दै जनता

मुलुकलाई सही दिशा दिन प्रचण्डको भूमिका खोज्दै जनता
प्रधानमन्त्री केपी ओलीले आफ्नो दायाँ बायाँ माधव नेपाल र झलनाथ खनाललाई राखेर आफूले बाँसुरी बजाएको र नेपाल र खनाललाई सारंगी बजाउन लगाएको तस्वीरले धेरैको ध्यान आकर्षित गर्यो। कम्युनिष्ट शासनमा सर्वोच्च नेता स्वस्थ वा अस्वस्थ भएको जानकारी जो कोहीले थाहा पाउन सक्दैनन् भन्ने भनाइ छ।

सर्वोच्च नेता मृत रहेछ भने पनि उसको नामबाट शासन चलाइ रहने परम्परा हुन्छ भन्ने पनि सुनिन्थ्यो। सर्वोच्च नेतालाई भगवान सरह मान्न लगाइन्थ्यो। नेपालमा पनि पछिल्लो समय कम्युनिष्ट पार्टीको एकीकरण र बहुमतपछि केही साना दललाई मिलाएर संसदमा दुई तिहाई बहुमत देखाउन र बलियो सरकार बनाउन नेकपा सफल भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली कसैको कुरा सुन्नु हुन्न र आफ्नै हिसाबले काम गर्नुहुन्छ भन्ने गुनासो पनि सुनिन्छ। उहाँका वरिपरि बसेको मानिसले उहाँलाई ‘भगवान’ मान्छन् भन्ने पनि सुनिन्थ्यो।

यसो भन्दै गर्दा केही दिन अगाडि उहाँले माधव नेपाल र झलनाथ खनाललाई सारंगी बजाउन लगाएर आफूले बाँसुरी बजाएको दृष्यमा प्रधानमन्त्री ओली बाँसुरीमा मग्न हुनुहुन्थ्यो। उहाँ बाँसुरीमा मस्त रहँदा उहाँलाई साथ दिन नेताद्वय नेपाल र खनाल सारंगी रेटिरहेका थिए।

उहाँले माधव नेपाल र झलनाथ खनाललाई सारंगी बजाउन लगाएर आफूले बाँसुरी बजाएको दृष्यमा प्रधानमन्त्री ओली बाँसुरीमा मग्न हुनुहुन्थ्यो। उहाँ बाँसुरीमा मस्त रहँदा उहाँलाई साथ दिन नेताद्वय नेपाल र खनाल सारंगी रेटिरहेका थिए।

अहिले त्यो दृश्यको विभिन्न कोणबाट व्याख्या हुने गरेको छ। मुलुकका कतिपय भागमा हिँउ परेर आम नागरिक जाडोले कठांग्रिएका छन्। मुलुकका कतिपय ठाउँमा भाइरल ज्वरोले जनताको मृत्यु भएको खबर दैनिकजसो आइरहेका छन्। सिमानाको समस्या उठिरहेका छन्। मुलुकमा मत्स्य न्याय भयो भन्ने टिप्पणी हुन थालेको छ।

एउटै कानुन कसैलाई लाग्ने कसैलाई नलाग्ने भयो। त्यही निर्वाचन आयोगले मुद्दा चलिरहेका गोविन्दराज जोशी जस्ताको मनोनयन खारेज गर्ने तर त्यही निर्वाचन आयोगले मुद्दा चलिरहेका अर्का अग्नी सापकोटाको मनोनय खारेज नगर्ने जस्ता चर्चा यतिबेला नागरिक समाजमा चल्ने गरेका छन्।

अदालतले गरेका फैसलाको आम नागरिक र संचारमाध्यमले त टिकाटिप्पणी गर्थे नै, संसदमा पनि अहिले टिप्पणी हुन थालेको छ। त्यसलाई जनताले कसरी बुझ्ने?
यसरी हेर्दा मुलुक संकटमा त छैन? भन्ने आशंका उब्जिएको छ । हाम्रा जननिर्वाचित प्रधानमन्त्री जुन किसिमको स्वास्थ्य अवस्था लिएर बस्नु भएको छ, यसले कतै जनताको मतमाथि खेलवाड गरेको त छैन भन्ने प्रश्नसमेत उब्जिएको छ।

विगत १५ वर्षयता जति उतार चढाव नेपालको राजनीतिमा देखियो ती सबैको लेखाजोखा र मूल्यांकन गर्दा नेकपाकै अर्का अध्यक्ष प्रचण्डमा भने परिपक्वता आएको देखिन्छ। उहाँमा मुलुकलाई नेतृत्व दिने किसिमको परिपक्वता आएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com