एकै परिवारका ६ जना दिदीबहिनी जो नेपाल प्रहरीमा जागिरे छन्


नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी प्रहरीमा कार्यरत छन् । एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे भएको मानिसलाई विश्वास गर्न गाह्रो पर्छ । तर, यो सत्य हो ।

नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन् । इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली (असई) छिन् ।

जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अवकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ ।

यो पनि,
सूर्य देवको उपासना गर्नाले मिल्नेछ- धन, विद्या र सौभाग्य

हिन्दु धर्मका देवताहरू मध्य एक हुन्– सूर्य देव । धार्मिक मान्यता अनुसार आइतबार सूर्य देवको प्यारो दिन मानिन्छ । यस दिन सूर्य देवको उपासना गरे लाभ मिल्ने धार्मिक विश्वास गरिन्छ ।

सूर्य देवको विशेष दिन भएकाले धार्मिक मान्यता अनुसार आइतबार विशेष मानिन्छ । मनोकामना पूर्ण गर्न मनुष्यले सूर्यको उपासना गर्नुपर्ने सूर्य पुराणमा उल्लेख छ ।

धार्मिक ग्रन्थका अनुसार सूर्यको उपासना विशिष्ट देवता समान गर्नुपर्दछ । अथर्ववेद र सूर्योपनिषदमा पनि सूर्य देवलाई परब्रह्मा समान मानिएको छ । शास्त्र अनुसार सूर्य देवको वर्ण रक्त समान भएको उल्लेख छ ।

कसरी गर्ने सूर्य देवको उपासना ?

धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ । सूर्य देवको उपासना गर्दा पवित्र जल अर्पण गर्नुपर्दछ ।

यसरी उपासना गर्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यका दिने गर्दछन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ ।

सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ । सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनु पर्दछ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ ।

व्रतको दिन नुन खान वर्जित गरिएको छ । व्रतालुले भोजनमा दुध तथा फलफुलको मात्र प्रयोग गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com